चितवन समाचार डटकम, २६ जेठ ।
साधारणसभा पछि बिबादमा परेको नेपाल अण्डा उत्पादक केन्द्रिय समितिमा त्रिलोचन कँडेलको नेतृत्वको कार्यसमितिलाई नै पोल्ट्री ब्यवसायीक संघ संस्थाहरुले मान्यता दिएका छन् ।
आज भरतपुरमा पत्रकार सम्मेलन गरी नेपाल कुखुरा ब्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल सहित विभिन्न सात वटा पोल्ट्रीजन्य संघ संस्थाका अगुवा तथा प्रतिनीधीले कँडेल नेतृत्वको समितिलाई नै समर्थन रहेको जनाएका हुन् ।
संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा साधारणसभामा संघमा सदस्य नभएका ब्यक्तिहरु समेत हुलहुज्जत प्रवेश गरी साधारणसभा बिथोलेको घटनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ । बिज्ञप्तीमा संस्थाको निती नियम र बिद्येमान ऐन कानुन बिपरित साधारणसभा बिथोलेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले साधारणसभामा अराजकरुपमा गैरसदस्यहरु प्रवेश गराएर बिधी बिपरित काम भएको आरोप लगाउनुभयो ।
गैरसदस्यहरुसंग वार्ता संवाद गर्नु आवश्यक नरहेको बिष्टको भनाई छ ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष ऋषिराम पौडेल, पोल्ट्री ब्यवासायी डा. तीलचन्द्र भट्टराई लगायतले अण्डा उत्पादक संघमा देखिएको बिवाद दुखद रहेको बताउनुभयो । बिधी भन्दा वाहिर गएर नयाँ समिति खडा गर्ने प्रयास भएको उहाँहरुको भनाई थियो ।
सौराहामा भएको साधारणसभामा कार्यसमिति भंग गरेको घोषणा गरेका कँडेललाई हटाएर निवर्तमान अध्यक्ष शिवराम केसीले आफ्नो अध्यक्षतामा नयाँ समिति बनाएको जनाउनु भएको थियो।
तर, ज्यानकै असुरक्षा भएर परिवन्ध मा परेर आफुले कार्यसमिति भंगको घोषणा गर्नुपरेको आज पत्रकार सम्मेलनमा कँडेलले बताउनुभयो ।
संयुक्त प्रेस बिज्ञप्तीमा हुलहुज्जत गरी साधारणसभा बिथोल्नेहरुवाट नारायणगढको कार्यालयमा तोडफोड हुन सक्ने संभावना रहेको जनाउदैं सुरक्षाको माग समेत गरिएको छ ।
विज्ञप्ति



