भारतको पश्चिम बंगालमा भएको हिंसात्मक झडपमा कम्तीमा चारजना कार्यकर्ताको मृत्यु

काठमाडौँ, २६ जेठ :

भारतको पश्चिम बंगालमा भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् ।

पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन्। समाचार अनुसार भाजपाको झण्डा निकालिए पछि गोली हानाहान भएको हो । भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ताको मारिएको जनाएको छ ।

उता तृणमूल कार्यकर्ताले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ। तनावलाई देखेर त्यहाँ ठुलो संख्यामा पुलिस परिचालित गरिएको छ। सायन्तन बसुले गोली चलाइँदा सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको ज्यान गएको छ । तीनैजनाको शव बरामद भइसकेको छ । अझै दुई कार्यकर्ता बेपत्ता छन् ।

भारतीय गृहमन्त्री अमित शाहलाई रिपोर्ट पठाइएको छ । अपहरणपछि हत्या तृणमूलले पनि एक कार्यकर्ताको हत्या गरिएको दाबी गरेको छ । पार्टीका वरिष्ठ राज्यमन्त्री ज्योतिप्रियो मलिकले भाजपा कार्यकर्ताले अपहरणपछि तृणमूल समर्थक कयूम मुल्लालाई गोली हानेर हत्या गरिएको बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट