मेलानको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन

चितवन २५ जेठ । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो सस्थाको १४ औं स्थापनाको दिवसमा मानवसेवा अश्रम भरतपुरमा भोजन गराएको छ ।

मानव सेवामा लाग्नु पर्छ भन्ने सन्देश दिनको लागि सस्थाले भोजन गराएको कार्यक्रम संयोजक सुरेश खतिवडाले जानकारी दिनु भयो । मेलानले सामाजिक क्षेत्रमा यस अगाडिपनि असहाय, अशक्त व्यक्तिलाई उपचारको लागि आर्थिक सहयोग गर्ने, उपचारमा सहयोग गर्नेलगायतको काम गरेको सस्थाले जनाएको छ ।

आज आश्रममा भएको औपाचारिक कार्यक्रममा मेलानका केन्द्रीय सदस्य विष्णु वास्तोलाले सामाजिक क्षेत्रमा सस्थाले काम गर्दै आएको बताउनु भयो । मानवसेवा आश्रममा बसेका अशक्तलाई भोजन गराउन पाउदा ज्यादै खुसी लागेको सस्थाका जिल्ला अध्यक्ष मनिराम महतोले बताउनु भयो । कार्यक्रममा मेलानका केन्द्रीय सदस्य उमाकान्त वराल, प्रदेश ३ का कोषाध्यक्ष ओमप्रकास श्रेष्ठलगायतले मानव सेवाको काममा लाग्न सबैलाई अनुरोध गर्नु भयो ।

बिटा थालेसिमिया नामक क्यान्सर रोग लागेर भारतको बैगलोरमा उपचार गराइरहनु भएकी गृष्मा खनाल बचाउ भन्दै आर्थिक सहयोग गर्न अपिल गर्नु भएको छ । खनालको जटिल क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । उहाको उपचारमा धेरै रकम खर्च हुने भएकाले सहयोग गर्न विभिन्न क्षेत्रलाई अपिल गरेको मेलान चितवनका सचिव सुरेश खतिवडाले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट