चितवन ११ माघ । कालिका नगरपालिका ११ स्थित माझवाङ माविमा होस्टलमा वसी अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार खाद्यान्न सहयोग गरिएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ (टे«ड युनियन ) चितवन शाखाको आयोजनामा एसइइ परीक्षाका तयारीका लागि होस्टलमा वसी अध्ययन गरिरहेका विद्यार्थीका लागि चामल, दाल, तरकारी सहयोग गरिएको संघका जिल्ला अध्यक्ष सुमन घलेले बताए ।
एम्बुलेन्स चालकहरुले नै रकम उठाएर खाद्यान्न खरिद गरेको अध्यक्ष घलेले बताए । सरकारी विद्यालयमा अध्ययनरत पहाडी क्षेत्रका गरिव विद्यार्थीहरुका लागि निजी स्तरबाट स्थानीय भरत चेपाङले आफ्नै खर्चमा होस्टल संचालन गर्दै आएका छन् ।
संघको स्थापना दिवसको अवसरमा कार्यक्रम गरिएको हो । त्यस्तै संघले शुक्रबार नै भरतपुर अस्पतालबाट डिस्चार्ज भएका सुत्केरीहरुको लागि एम्बुलेन्स सेवामा २० प्रतिशत छुट दिएको संघका जिल्ला सचिव वावुराम शर्माले बताए । साँझ भरतपुर चौविसकोठीमा दीप प्रज्ज्वलन गरिएको छ । संघले रातिको समयमा एम्बुलेन्स नपाएर हुने हैरानी अन्त्यका लागि संघकै समन्वयमा नियमित सेवा दिदैं आएको संघका कोषाध्यक्ष मिलन श्रेष्ठले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका प्रेस सल्लाहकार दिपेन्द्र अधिकारी, केन्द्रीय सचिव दिपक थापा, माझवाङ माविका प्रअ फणिन्द्र पनेरु, होस्टल संचालक भरत चेपाङ, स्थानीय समाजसेवी राजकुमार श्रेष्ठलगायतले बोलेका थिए ।