चितुवाको आक्रमणमा परी तनहुँमा एक बालिकाको मृत्यु

तनहुँ, २५ जेठ ।
चितुवाको आक्रमणमा परी तनहुँमा एक बालिकाको ज्यान गएको छ ।
भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीको ९ वर्षीया छोरी पुष्पा अधिकारीको शुक्रबार राति चितुवा आक्रमण परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिएका छन् ।

शुक्रबार साँझ साढे ७ बजेतिर घर अगाडि खेलिरहेको अवस्थामा चितुवाले पुष्पालाई आक्रमण गरेको थियो । राति ९ बजेतिर घरदेबाट झण्डै ५ सय मिटर दूरीमा रहेको खरबारीमा पुष्पा मृत अवस्थामा भेटिएको लामिछानेले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट