माडीमा एक दिने ब्यबसायिक पशुपालन उत्सब हुदै

बिकास भुषाल ,माघ ११ ,माडि ।
.
चितवनको माडीमा एक दिने ब्यबसायिक पशुपालन उत्सब हुने भएको छ । यही माघ २६ गते माडीको बसन्तपुरमा संचालन हुने उत्सबमा पशुप्रर्दशनी,प्रबिधि प्रर्दशनी तथा पशु उपचार गराइने ब्यबसायिक पशुपालन कृषक समाज माडीका अध्यक्ष सुर्य भुसालले जानकारी दिनुभयो । ब्यबसायिक पशुपालन तथा कृषि समाज माडीको वार्षिक उत्सबको अबसरमा ब्यबसायिक पशुपालन उत्सबको आयोजना गरिएको पशुपालन कृषक समाज माडीका सह-सचिब राजेश ओझाले जानकारी दिनुभयो ।ब्यबसायिक पशुपालन उत्सबमा माडीक्षेत्र भित्र रहेका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिनुका साथै नया कार्य समिति समेत चयन गरिने जनाइएको छ । माडी नगरपालिकाले समेत पछिल्लो समयमा ब्यबसायिक पशुपालनलाई सहयोग गर्दै आएकोले माडीमा दुग्धजन्य उत्पादनमा बृद्दीभएको जनाइएको छ । हाल माडीमा ५ ओटा चिश्यान केन्द्र संचालनमा रहेका छन् भने दैनिक ५००० लिटर दुध उत्पादन हुने गर्दछ । माडीमा उत्पादन हुने दुध स्थानिय क्षेत्र लगायत भरतपुरमा समेत निर्यात गरिने गरेको छ ।

शेयर गरौ

ताजा अपडेट