काठमाडौं, २३ जेठ :
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ बिहीबार आज जावलाखेल पुर्याइँदैछ ।
वैशाखशुक्ल प्रतिपदादेखि तान्न सुरु गरिएको रथलाई जेष्ठ शुक्ल तृतीयाका दिन आज जावलाखेल पुर्याउन लागिएको हो ।
रथ लगनखेलको इटी-टोलमा रहेको रथ तानेर जावलाखेल पुर्याइने संस्कृतिविद् कीर्तिमर्दन जोशीले जानकारी दिए । शुभसाइतमा रथ तानेर जावलाखेल पुर्याएपछि आइतबार भोटो देखाएर जात्राको समापन हुने उनले बताए ।
करिब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाकै लामो जात्रा हो ।


