आगामी आर्थिक वर्षको बजेट माथिको सैद्धान्तिक छलफल आज सकिँदै, अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची तय

काठमाडौं, २३ जेठ :

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिँदैछ ।

आइतबारदेखि सुरु भएको छलफलमा आज केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ ।

बैठक बिहान ११ बजेदेखि बोलाइएको छ । छलफलमा सत्तारुढ दलका सांसदहरुले आगामी आर्थिक बर्षको बजेटले नेपालको समृद्धितर्फको यात्रालाई मजबुत बनाउने भन्दै प्रसंसा गरेका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटले कुनै नयाँपन दिन नसकेको दाबी गरेका छन् । प्रतिपक्षी सांसदहरुले सांसद विकास कोषको नाममा सांसदहरुलाई दिइएको ६ करोड रुपैंयाको विरोध पनि गरेका छन् ।

जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट