चितवन २२ जेठ । कालिका नगरपालिका वडा नं. ६ ले आउदो आर्थिक वर्ष २०७६÷७७ को योजनाको बारेमा राय संकलन गरेको छ ।
वडा कार्यालयले आफ्ना क्षेत्रमा रहेका क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला लगायतको उपस्थितिमा आउदो विकास निर्माणको विषयमा मंगलबार राय लिएको हो । वडा लाई नगरपालिकाकै उत्कृष्ट बनाउने गरी आफूले काम गरिराखेको अध्यक्ष विनोद रेग्मीले जानकारी दिनु भयो ।
सहभागीहरुले खानेपानी, सडक, सिचाइ, कृषिलाई राहत पुग्ने किसिमका कार्यक्रम ल्याउनु पर्नेमा सुझाव दिएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो । राजनीतिक दलको सुझाव, वडावासीको सुझाव सल्लाहलाई ध्यानमा राखेर आउदो बजेटले कार्यक्रमलाई समेट्ने उहाँले जानकारी दिनु भयो ।


