कालिका नगरपालिकामा विकासका काम धमाधम, यसै वर्ष ३५ किलोमिटर कालोपत्रे

चितवन २२ जेठ । कालिका नगरपालिकाले सडक कालोपत्रे कामलाई तिब्रता दिएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ३५ किलोमिटर सडक कालोपत्रे पुग्ने तयारी रहेको छ । अहिले विभिन्न दर्जन भन्दा धेरै विकासका काम सञ्चालन भइराखेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनु भयो । तटवन्धन र साना सडक मात्रै गरेर करिब २० करोड रुपैयाँको भौतिक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले भन्नु भयो ‘नगरको विकास सडकबाटै हुने रहेछ त्यही भएर पहिलो काम सडकलाई दिएका छौ, विकासका काम धेरै भएका छन् चालु आवको असार मसान्तसम्म २० करोड रुपैया भन्दा माथिका निर्माण सम्पन्न हुनेछ ।’

पदमपुर जुटपानी सडकको काम यसै असार मसान्तमा सम्पन्न हुने तयारी छ । यसको लागि तीन करोड रुपैयाँ रहेको छ । ६ मिटर फराकिलो हुने यो सडकमा अहिले धमाधम कालोपत्रे गर्ने कार्य भइराखेको छ । यो कालोपत्रे निर्माण भइसकेपछि भरतपुर, पदमपुर हुदै कालिका नगरपालिकाको कार्यालय छोटो समयमा पुग्न सकिन्छ ।

त्यस्तै गरी गैरीवारी उपरदाङगढीको सडकको लागि एक करोड रुपैयाँ, न्युरेनी देवीटार सडक १ करोड, कयर खोला तटबन्धन १५ करोड रुपैयाँलगायतका विकास निर्माणको काम रहेका छन् । यी सबै सडक निर्माण हुदा चालु आर्थिक वर्षमा नगर क्षेत्र भित्र ३५ किलोमिटर कालोपत्रे हुने नगरप्रमुख श्रेष्ठले बताउनु भयो । गडुवा खोलेसिमल, ४ नं. सडक, ९ नं. सडक लगायत वहुवर्षे निर्माण ठेक्का लागेको छ । यो बाहेक अन्य ठुला लगानीको सडकको बजेट यसमा जोडिएको छैन ।

शेयर गरौ

ताजा अपडेट