जागरण अभियानले कार्यकर्तामा संवादको थालनी ः प्रवक्ता शर्मा

 

चितवन २२ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताउनुभएको छ । वुधबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अभियान कांग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनुभयो ।

जागरण अभियानले कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘काग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।’ योमार्फत कांग्रेसले गति लिएको भन्दै उहाँले थप्नुभयो, ‘कांग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ । ’समग्रमा जागरण अभियान सफल भएको उहाँले बताउनुभयो ।

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उहाँले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा कांग्रेससले मात्रै गर्न सक्ने दाबी गर्नुभयो । शर्माले भन्नुभयो, ‘जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा बदल्ने काम कांग्रेसले गर्नुपर्छ । यसका लागि हामी निरन्तर लागेका छौँ ।’

पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उहाँको भनाइ थियो । आगामी भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले बताउनुभयो । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गतेसम्म हुनेछ ।

फरक प्रसंगमा शर्माले मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्छ भन्नुभयो । प्रेस काउन्सिल आफैँले पत्रकारको सहभागितामा आचार संहिता बनाउँछ । (रासस)

शेयर गरौ

ताजा अपडेट