जनअपेक्षा अनुसार नै बजेट आएको छ ः पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं २१ जेठ । नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षाअनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएकाले यसलाई अन्यथा भन्न नहुने बताउनु भयो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाले बजेटले वित्तिय अनुशासनलाई पनि ख्याल गरेको प्रष्ट पानु भयो । सरकारले आगामी आर्थिक वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताउनु भयो । मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाई छ ।

नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गर्नु भयो । बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उहाको बुझाई छ ।

शेयर गरौ

ताजा अपडेट