अमेरिका र बेलायतबीको सम्बन्ध उत्कृष्ट, रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं, २१ जेठ  :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत सम्बन्धको प्रशंसा गरेका छन् ।

बेलायतको तीन दिने राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच सदियौंदेखि रहँदै आएको मित्रवत सम्बन्ध उत्कृष्ट रहेको बताएका हुन् । बेलायती महारानी एलिजावेथ द्वितीयले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम प्यालेसमा आयोजना गरेको राजकीय भोजमा ट्रम्पले दुई मुलुकबीचको सम्बन्धको प्रशंसा गरेका हुन ।

त्यस क्रममा महारानी एलिजाबेथले दुई देशले दशकौंदेखि दुवै देशका नागरिकको सुरक्षा र समृद्धिका लागि सहकार्य गरेको बताइन । तीन दिने भ्रमणका लागि ट्रम्प हिजो लण्डन पुगेका हुन् ।

लण्डन पुगे लगत्तै ट्रम्पले स्थानीय मेयरको आलोचना गरेका थिए । उनले लण्डनका मेयर सद्दिक खानलाई असक्षमको संज्ञा दिएका थिए ।

मेयर खानले ट्रम्पका लागि रातो कार्पेट बिच्छ्याउन नहुने र राजकीय भ्रमणको मान्यता पनि दिन नहुने बताएका थिए । ट्रम्पले त्यसकै जवाफ लण्डन पुगे लगत्तै ट्वीटरमार्फत दिएका हुन् । तर रात्रीभोजको क्रममा दिएको वक्तव्यमा भने बेलायत र बेलायती नागरिकको प्रशंसा गरे ।

उनले महारानी एलिजाबेथ ‘महान महिला’ भएको पनि बताए । (एजेन्सी)

शेयर गरौ

ताजा अपडेट