काठमाडौं, २१ जेठ :
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गौरादह नगरपालिका–५ मा रहेको एकीकृत नमुना सहकारी खेतीको अवलोकन गरेका छन् ।
खेतीको अवलोकन गरेपछि उनले कृषि क्षेत्रबाट किसानलाई आत्मनिर्भर वनाउन खाँचो रहेको बताए । बिषादीको बढ्दो प्रयोगले कृषि क्षेत्र तहसनहस बनेको मन्त्री यादवको बुझाइ छ। यसलाई रोक्दै जैविक प्रणालीबाट आधुनिक र व्यवसायिक खेती गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत कृषिका लागि महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन गरेको र आगामी बजेटमा यसलाई अझ प्राथमिकता दिएको दाबी गरे ।
यहाँ रहेको नमुना खेती महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवर्द्धन गरेको हो। यसलाई सरकारले देशका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यको सुचीमा पनि राखेको छ ।


