नारायणी नदीको धारनै परिवर्तन गर्ने गरी गिटीबालुवा उत्खनन्, तत्काल सञ्चालनमा रोक

चितवन समाचार डटकम,
२० जेठ । मापदण्ड विपरित गिटी बालुवा निकालेर दोहोन गरेकालाई जिल्ला अनुगमन समितीले  तत्काल सामग्री निकाल्न रोकेको छ ।
भरतपुर महानगरपालिका अन्तर्गत मंगलपुर गणेश मन्दिर नजिकैको नारायणी नदीबाट मापदण्ड विपरित उत्खनन् गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले आज रोकेको हो । अनुगमनमा जादा समितीले मापदण्ड भन्दा अत्याधिक रुपमा नदीनै फर्काउने गरी दोहोन गरेको भन्दै तत्काल काम रोकेर डोजरको चावी लिएको छ ।


नारायणी नदीको पानी नजिकैबाट जेसिवी हालेर ५ मिटर भन्दा धेरै गहिरो बनाइ गिटी बालुवा झिकेको छ । यो अत्याधिक दोहोन भयो यस्तो गर्न पाइदैन जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भन्नु भयो । दुइवटा जेसिवी लगाएर नदीको किनारबाट दोहोन गरिएको छ ।


मापदण्डमा प्राकृतिक स्रोतलाई दीर्घकालिन रुपमा असर नपर्ने गरी एक मिटर गहिरो पारेर उठाउन पाउने व्यवस्था छ । तर नारायणी नदीनै फर्काउने गरी ठुला खाडल बनाएर सामग्री निकालिएको छ । यस्तो कार्यले प्राकृतिक सम्पत्तिको दोहोन भएको टोलीले जनाएको छ । टोलीमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिससका प्रमुख, उपप्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी लगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट