विकास निर्माणको काम सांसदद्वारा अनुगमन, सफा सुन्दर महानगर बनाउने योजना

चितवन १९ जेठ । चितवन क्षेत्र नं. २ का सांसद तथा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भइराखेको विकास निर्माण आज अनुगमन गर्नु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० को ज्ञानदर्शन टोलका विभिन्न क्षेत्रमा निर्माण भइराखेको ढल तथा बाटोको अनुगमन गर्नु भएको हो । स्थानीय नेताहरुको उपस्थितिमा विकासको गती कसरी अगाडि बढेको विषयमा आफूले जानकारी लिएको सांसद पोखरेलले जानकारी दिनु भयो ।
ज्ञानदर्शन अमृत पथमा निर्माण भइराखेको ढलको अनुगमन गर्नु भएको थियो । सांसद विकास कोषबाट १७ लाख रुपियाँ बजेट दिएर निर्माण भइराखेको सो बाटोमा अझै रकमको अभावमा काम पूरा हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष सिता वसेलले जानकारी दिनु भयो ।
६ सय ४० मिटर लामो सो बाटो ढलसहित छ मिटर कायम गरिएको उपभोक्ता समितिका सचिव मिनराज गौतमले बताउनु भयो । चार महिना अगाडिबाट निर्माण शुरु भएको ढल ठेकेदारले समयमा काम नगर्दा नसकिएको हो । त्यस्तै गरी ज्ञानदर्शन चोकदेखि रमाइलो चोकसम्मको सडकको ढल निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिकको वडा नं. १० का विभिन्न सडकमा ढल निर्माण नहुदा पानीको निकास हुन पाएको छैन । केही सडकको ढल बनेपनि अझै ढल बनाउने पर्ने सडक धेरै रहेको वडा अध्यक्ष अरुणपीडित भण्डारीले बताउनु भयो ।
सुन्दर सफा सहर बनाउनको लागि जनप्रतिनिधिसंगै नगरवासीको पनि भूमिका रहेको उहाले बताउनु भयो । १० नं. वडालाई सफा सुन्दर र व्यवस्थित पार्ने काममा आफूले मेहनत गरिराखेको भण्डारीले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट