चितवन समाचारडटकम,
१७ जेठ । हिजो साँझ आएको हावाहुरीले पश्चिम चितवनको दुइसय ५० विगाहमा लगाएको केराबालीमा क्षती पु¥याएको छ ।
साँझ आएको हुरीले घरी लागेका केराको बोट लगाएर नोक्सान पु¥याएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले जानकारी दिनु भयो । पश्चिम चितवनको जगतपुर, पटिहानी, पार्वतीपुर लगायतको क्षेत्रमा लगाएको केरावारीमा नोक्सान पुगेको उहाले बताउनु भयो । जिल्लाको अन्य क्षेत्रमा भने हुरीको प्रभाव केरा बारीमा नपरेको उहाँको भनाइ छ ।
क्षतीको विषयमा स्थलगत अध्ययन गरेर सार्वजनिक गर्ने संघले जनाएको छ । हुरीबतासले क्षती वनाएको विषयमा आफूलाई जानकारी नभएको कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले बताउनु भयो । जानकारी भएपछि अनुगमनमा जाने उहाँको भनाइ छ । विपतबाट हुने क्षतीको न्यूनिकरणको लागि विमानै उपयुक्त माध्यम हुने भन्दै सबै किसानले विमा गरेमा ठुलो नोक्सानीबाट बच्न सकिने श्रेष्ठले बताउनु भयो ।


