नियमन गर्ने निकाय सक्रिय नहुदा तरकारीको मुल्य चर्को

चितवन १७ जेठ । बिचौलीयालाई नियमन गर्ने निकाय सक्रिय हुन नसक्दा चितवनमा उपभोक्ताले चर्को मुल्यमा तरकारी खरिद गर्नु पर्ने भएको छ ।
पछिल्ला केही हप्तादेखि चितवनको बजारमा तरकारीको मुल्य आकासियपछि उपभोक्ता समस्यामा परेका हुन् । बिक्रेताले किसानलाई दिने मुल्य र उपभोक्ताले खरिद गर्ने मुल्यमा दोब्बर भन्दा धेरै फरक पर्दा समेत यसको नियमन गर्ने निकाय मौन बसेको छ । तरकारी बजारमा अहिले गोलभेडा, भिडीखुर्सानी लगायतका तरकारको मुल्यमा दोब्बर भन्दा धेरै फरक परेको छ ।
कृषि ज्ञान बेन्द्र चितवनका सुचना अधिकारी रामराज पौडेलका अनुसार भिडीखुर्सानीको मुल्य प्रतिकिलो ६० देखि ६५ रुपैया छ । यो नारायणगढको तरकारी बजारमा किसानले पाउने मुल्य हो । तर यही खुर्सानी उपभोक्ताले खुद्रा मुल्य एकसय २० रुपियाँ प्रतिकिलोमा खरिद गर्दै आएका छन् । गोलभेडा सानो ५० रुपियाँ र ठुलो ६० रुपियाँ प्रतिकिलो किसानले पाउने गर्दछन् भने उपभोक्ताले यही गोलभेडा प्रतिकिलो एकसय २० देखि एकसय ३० रुपियाँमा खरिद गर्दै आएका छन् ।
अन्य तरकारीमा करेला, भिण्डी, वोडी, लौका, फर्सी, मकैवोडी, सिमी, पिरो खुर्सानी, घिरौला, काक्रो, फर्सीको मुन्टा, हरियो धनिया, गाजर, काउलीलगायतको तरकारीमा पनि किसान र उपभोक्ता बिचको फरक धेरै रहेको छ । बजारमा तरकारीको मुल्यको विषयमा मात्र आफ्नो कार्यालयले जानकारी लिने गरेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी रामराज पौडेलले बताउनु भयो । हामीले बजारको मुल्यको विषयमा जानकारी लिने गर्दाछौ तर खरिद र बिक्री मुल्यको विषयमा हेर्ने गरेका छैनौ उहाले भन्नु भयो । उपभोक्ताको गुनासाहरु आएका छन् तर नियमन गर्न सकिएको छैन उहाले भन्नु भयो ।
तरकारी बजारको अनुगमन तथा नियमन गर्ने अधिकार महानगरपालिकाको भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर भरतपुर महानगरपालिकाका कृषि तथा पन्छी व्यवसाय तथा प्रवद्र्धन शाखाका अधिकृत विनोद लामिछाने नियमन गर्ने अधिकार महानगरमा नभएको बताउनु हुन्छ । तरकारीको बजार कस्तो छ किसानले बिक्री गर्न पाउछन् पाउदैनन भन्ने विषयमा मात्र शाखाले हेर्ने भएकाले नियमन गर्ने अधिकार नपाएको बताउनु हुन्छ । बजारमा अहिले तरकारीको मुल्य चर्को भएको जानकारी पाएपनि अधिकार नभएको कारण केही गर्न नसकेको उहाको भनाइ छ ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार गोलभेडा ठुलो प्रतिकिलो ६५, सानो ५०, भेडेखुर्सानी ६०,६५, पिरो खुर्सानी ६५, सिमी ८०, वोडी ३५, मकैवोडी ४०, घिरौला २५, भिण्डी ३५, करेला ३०, काक्रो २५, मुला १५ हरियो धनिया १३० देखि १६० रुपियाँ प्रतिकिलो रहेको छ । यो मुल्य किसानले पाउने हो । तर उपभोक्ताले खरिद गर्ने मुल्य प्रत्येकमा दोब्बर रहेको पाइएको छ ।

शेयर गरौ

ताजा अपडेट