चितवन समाचार डटकम ।
उपचाररत १४ महिने बालकको मृत्यु भएपछि भरतपुर अस्पतालमा बिहीबार राति तनाव भएकोे छ ।
रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का प्रकाश बस्नेतका १४ महिने छोरा युदिन बस्नेतकोे उपचारका क्रममा ज्यान गएको हो । ज्वरोकोे विराम भएर गत १४ गते अस्पतालमा भर्ना गरिएका बालकको आमाको दूध सर्किएर ज्यान गएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
“विहिवार साझ ६ः३० मा आमाको दूध खाएका वालकको सर्कियर ७ः३० मा ज्यान गयो “ अस्पताललाई उदृत प्रहरीले चितवन समाचारलाई भन्यो ।
यता परिवारजनले भने चिकित्सकको लापरबाहीले वालकको ज्यान गएको दावी गरेका छन् । घटना पछि अस्पतालमा तनाव सिर्जना भएको थियोे । पीडितका पक्षमा अस्पतालमा पुगेका युवा सामाजिक अभियान्ता अर्जुन भुषाल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा स्थिति असामान्य नहोस् भनेर उनीहरूलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।


