गण्डकी प्रदेश सरकारले तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने

कास्की, १४ जेठ  :

गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण विषयगत मन्त्रालय र कार्यालयको परिसरभित्र सरसफाइ र वृक्षरोपण गर्ने तय गरिएको छ ।

वृक्षरोपणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवा उपलब्ध गराउने भएको छ ।

शेयर गरौ

ताजा अपडेट