मोरङ, १४ जेठ :
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याउन सरकारले कुनै पहल नगरेको आरोप लगाएका छन् ।
विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उनले सरकारले विप्लव समूहलाई सहमतिमा ल्याउन कुनै पहल नगरेको दाबी गरे । १० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन नसक्ने उनको भनाइ छ। नेता सिटौलाले विप्लव समूहले नयाँ ढंगले हिंसा र आतंक सुरु गरेको भन्दै चिन्ता व्यक्त गरे ।
घटना भइसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि सरकारले पहल गर्न सरकारलाई सुझाव दिए ।
उनले एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको दाबी गरे। नेता सिटौलले संंवैधानिक व्यवस्थाहरुलाई मजदुब बनाउने बाटोमा सरकार हिँड्न नसकेको जिकिर गरे ।


