अन्तर्वार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्त गर्ने

काठमाडौं, १३ जेठ  :

शिक्षक सेवा आयोगले लिएको अन्तर्वार्तामा अनुत्तिर्ण शिक्षकलाई करारमा नियुक्त गर्ने भएको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ को उपनियम ३ वमोजिम करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि छनोट भएका उम्मेदवारको सूचि समेत प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगको २०५७ को नियम २४ को उपनियम ३ मा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरूमध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस भएका पदसंख्याको पचास प्रतिशतले हुने संख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट