चितवन समाचारडटकम, ११ माघ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिकुल स्वास्थ्यका कारण भरतपुरमा आजवाट शुरु हुने कृषि सम्वन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्न नआउनुहुने भएको छ ।
केही दिन देखि भाईरल ज्वरोले प्रचण्डका परिवार नै विरामी परेका छन् । चिकित्सकहरुले वाहिर कार्यक्रममा नजान सुझाव दिएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड नआउने हुनुभएको प्रदर्शनीको आयोजक संस्था मिडिया स्पेश सोलुसन प्रालिका श्रीजल भट्टराईले जानकारी दिनुभयो । भाईरल ज्वरोका कारण पूर्व प्रधानमन्त्री प्रचण्ड , उहाँकी पत्नी सीता दाहाल , वुहारी विना मगर हाल उपचार र आराममा हुनुहुन्छ ।
मिडिया स्पेश सोलुसन प्रालि र फ्युचुरेक्स फेयर एण्ड ईभेन्ट्सको संयुक्त आयोजनामा माघ ११, १२ र १३ गते भरतपुरको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।
यो तेश्रो संस्करणको प्रदर्शनी हो । प्रदर्शनीको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितीमा प्रदेश सरकारका कृषीतथा सहरकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी १ सय ५० भन्दा वढी स्टलहरु रहने सोलुसनका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पोल्ट्रीका ८० , कृषि र डेरीका स्टलहरुको विधागत अलग अलग पेभेलियन रहने जनाइएको छ । कुखुरापालन, माछापालन, वाख्रा पालन, गाईभैसी पालन, डेरी लगायत कृषिका नविनतम औजार उपकरण, केरा खेती, थोपा सिचाई र विषादी रहित कृषिका वारेमा प्रदर्शनीमा तालिम तथा गोष्ठि समेत सञ्चालन हुने भट्टराईले बताउनुभयो ।
प्रदर्शनीमा प्रवेश निशुल्क राखीएको छ । देशभरवाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, सर्वसाधरण लगायतले अवलोकनका लागी प्रर्दशनीमा आउने आयोजकको विश्वास छ ।