भीआइपी संस्कृति, स्वार्थी समूहबाट टाढा रहन भारतिय प्रधानमन्त्री मोदीको सुझाव, सांसदहरुलाई पुरै मुलुकका बारेमा सोच्न आग्रह

काठमाडौं, १२ जेठ :

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचनमा विजय भएका सांसदहरुलाई आफ्नो क्षेत्रको मात्र नभएर पुरै मुलुकका बारेमा सोच्न आग्रह गर्नु भएको छ ।

उहाँले आफ्ना सांसदहरुलाई भीआईपी संस्कृति, स्वार्थी समूहबाट टाढा रहनुपर्ने लगायतका आधा दर्जन ‘टिप्स’दिनु भएको छ । शनिबार साँझ नयाँ दिल्लीस्थित संसद भवनमा आयोजित भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्क्रिक गठबन्धन (एनडीए) को संयुत्त संसदीय बैठकमा प्रधानमन्त्री मोदीले नवनिर्वाचित सांसदहरुलाई यस्तो टिप्स दिनु भएको हो ।

बैठकमा प्रधानमन्क्री मोदीले सांसदहरुलाई सञ्चार माध्यमसँगको सम्बन्ध, स्वार्थी समूहको नियत, व्यत्तिगत आचरण जस्ता विषयमा विशेष सचेत रहन आग्रह गर्नुभयो । यी विषयमा ध्यान नदिँदा जतिसुकै राम्रो काम गरे पनि त्यसको कुनै अर्थ नरहने उहाँको भनाई थियो । मोदीले मिडियाको आकर्षणमा नपर्न सांसदहरुलाई विशेष सतर्क गराएका छन् ।

उहाँले छापास (पत्रपत्रिका) र दिखास (टिभि) बाट बच्न सुझाव दिनुभयो । देशलाई अनुहार देखाउन पाइन्छ भन्ने लालसामा नपर्न पनि उहाँले आग्रह गर्नुभयो । त्यसले नसोचेको संकट निम्त्याउन सक्ने तर्फ पनि सचेत बन्न मोदीको आग्रह थियो ।

शेयर गरौ

ताजा अपडेट