कोपा डेल रे कप फुटबलको उपाधि भ्यालेन्सियालाई

काठमाडौं १२, जेठ :

कोपा डेल रे कप फुटबलको उपाधि भ्यालेन्सियाले जितेको छ ।

बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले कोपा डेल रे कप फुटबलको उपाधि जितेको हो । ला लीगा विजेता बार्सालाई म्यालेन्सियाले २–१ ले स्तब्ध पर्‍यो ।

उसको जितमा केभिन गेमेइरो र रोड्रिगोले पहिलो हाफमा नै गोल गरेका थिए । ७३ औं मिनेटमा लियोनेल मेसीले गोल गरेपनि स्पेनिस कोपा डेल रेको उपाधि हत्याउन सकेन ।

७७ प्रतिशत खेल नियन्त्रणमा राखेपनि बार्साले गोल भने फर्काउन सकेन ।

शेयर गरौ

ताजा अपडेट