चितवन समाचारडटकम
१० माघ ।
चितवन निर्वाचन क्षेत्र नम्वर ३ ( एक) का प्रदेश साँसद कृष्णप्रसाद भुर्तेलले चालु आर्थिक वर्षको यस अवधिसम्म १५ करोड रुपैयाँ बराबरको विकासका काम गरेको जनाएका छन् ।
साँसदले पाउने विकास बजेट र अरु पहल कदमीबाट आफ्नो क्षेत्रमा यतिका बजेट पार्न सकिएको भुर्तेलको भनाइ छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा खर्च हुने गरी ल्याएको बजेटको कामहरु चलिरहेको साँसद भुर्तेलले जानकारी दिनु भयो । ‘जनताको चाहनापनि पूर्वाधार निर्माणमा धेरै रहेकाले सोही अनुरुप कार्यक्रममा बजेट लगाइएको छ’ उहाले भन्नु भयो ‘शिक्षा र सडकमा नै जनताको चाहना भएकाले यही क्षेत्रमा लगानी गर्ने गरी योजना बनेको हो ।’
चितवननको भरतपुर महानगरपालिकाको वडा नं. ९ गोन्द्राङदेखि मेघौलीसम्म मात्र उहाको निर्वाचन क्षेत्र हो । विद्यालयको भवन निर्माण, सडक कालोपत्रे, पुल निर्माण लगायतको क्षेत्रमा लगानी भएको उहाले भनाइ छ । उहाँ मार्फत आएको रकम भरतपुर महानगरपालिकाको कार्यलयबाट जाने गरेको छ । विकासका योजना तथा कार्यक्रमको महानगर र प्राविधिक कार्यालयले अनुगमन तथा निगरानी गर्ने काम गर्दछ ।
प्रदेश संसदबाट आउने रकमको एकमुष्ठ रुपमा उहाले एक करोड ५० लाख रुपैया शिक्षामा छुट्टाएका छन् । योपछि उहाले सडक निर्माण तथा पुलमा लगानी गरेको जानकारी दिनु भयो । निकुञ्जबाट पीडित जनताको सुरक्षाको लागि हुने कार्यक्रममा गर्नु भएको छ भने खानेपानीमा पनि केही बजेट छुट्टाएको छ । उहाको क्षेत्र विश्वमा नै परिचित पर्यटकीय क्षेत्रको विकास तथा पूर्वाधारमा पनि लगानी भएको संसद भुर्तेलले जानकारी दिनु भयो । केही दिनभित्रै पर्यटनको क्षेत्रमा पनि नयाँ कार्यक्रम गर्नको लागि बजेट ल्याउने प्रयत्न भएको भुर्तेलले बताउनु भयो ।
उहाले निकुञ्ज र जनताको द्वन्द्व व्यवस्थापनको लागि भरतपुर महानगरको वडा नं. २७ र २८ मा मेस जाली निर्माण ५० लाख, वडा नं. ९ को वसन्तचोकमा ढल निर्माणको लागि ५० लाख, देवनगर खानेपानीको लागि ३ करोड, वडा नं. १६ मा कालोपत्रेका लागि २ करोड छुट्टाएको बताउनु भयो ।
त्यसै गरी वडा नं. १७ को हरैया बेलुवा सडकको लागि एक करोड ५० लाख, वडा नं. २० को चनौली दद्रेनी सडकको पुल निर्माणको लागि डिपिआरसहित ६५ लाख, सहिद स्मारक कलेज शारदानगरलाई १५ लाख, आदर्श शेरचन कलेजलाई १५ लाख विनियोजन गरिएको छ । त्यस्तै अरुणोदय माध्यमिक विद्यालयको लागि १० लाख, ढ्ड्डाघारी मैगलपुरमा ५० लाख, शरदपुर माध्यमिक विद्यालयको लागि २० लाख, वडा नं. १८ को अधुरो बाटो बाबुराम चोकदेखि मिलनचोकको कालोपत्रे लगायतको योजनाको लागि बजेट छुट्टाएको छ ।
त्यस्तै गरी वडा नं. २७ र २८को कालोपत्रेमा एक करोड, वडा नं. ६ र ८ मा कालोपत्रेमा एक करोड, मेघौली गोलाघाट विजयपुर सडकमा एक करोड २६ लाख बजेट पारिएको उहाले जानकारी दिनु भयो । पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको लागि छिट्टै योजना सहित बजेटको लागि पहल भइराखेको उहाको भनाइ छ ।