काठमाण्डौ, ९ जेठ :
यूरोपेली संसदीय निर्वाचन आज बेलायतबाट सुरू भएको छ ।
यूरोपेली संसदमा ७३ जना बेलायती सांसद चयनका लागि मतदान हुनेछ । मतदानका लागि बेलायतमा ९ वटा, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा एक/एक वटा निर्वाचन क्षेत्र तोकिएका छन् । हरेक निर्वाचन क्षेत्रमा जनसंख्याका आधारमा जनप्रतिनिधिको संख्या फरक फरक छ । स्थानीय समयानुसार बिहान ७ बजे मतदान सुरु भएको छ ।
मतपरिणाम सबै यूरोपेली राष्ट्रहरुको निर्वाचन सम्पन्न भएपछि मात्र ३ दिनपछि सार्वजनिक हुनेछ । यूरोपेली संसदीय निर्वाचन आगामी मे २६ सम्म हुनेछ ।
बेलायतमा जारी यूरोपेली यूनियनको मतदानमा १८ बर्ष पुगेका बेलायती, आईरिस वा यूरोपेली मुलुकका कुनै पनि नागरिकले सहभागिता जनाउन पाउनेछन् ।


