ट्याक्टरले किचेर झापामा एक युवकको घटनास्थलमै मृत्यु

झापा, ७ जेठ :

ट्याक्टरले किचेर झापामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा १ बस्ने १९ वर्षीय अर्जुन थपलिया रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार साधुटार–मदनपुर भित्री सडकखण्ड अन्तर्गत अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरतर्फ गइरहेको ढुंगा लोड गरेको मे. १ त ५००६ नम्बरको ट्याक्टरले थपलियालाई किचेको थियो। ट्याक्टरले किच्दा थपलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मृतक थपलियालाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाउने र ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गरौ

ताजा अपडेट