सोलुखुम्बु थामेका कामीरिता शेर्पाद्धारा २४ औँ पटक सगरमाथाको सफल आरोहण

काठमाण्डौ, ७ जेठ :

सोलुखुम्बु थामेका कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

गएको बुधबार २३ औँ पटक सगरमाथा आरोहण गरेका शेर्पाले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिनुभयो । अघिल्लो वर्ष २२ औँ पटक सगरमाथा आरोहण गर्दादेखि नै सबैभन्दा बढी पटक सगरमाथा आरोहणको किर्तिमानी कायम गरेका शेर्पाले लगातार आफ्नै किर्तिमानी तोड्नुभएको हो ।

उहाँले २५ पटक सगरमाथा चढेर सन्यास लिने यस अघि नै सार्वजनिक घोषणा गर्नुभएको छ ।

शेयर गरौ

ताजा अपडेट