विश्वकप क्रिकेटको पाकिस्तानी राष्ट्रिय खेलाडीको घोषणा, ४ खेलाडी हेरफेर

काठमाण्डौ, ७ जेठ :

पाकिस्तानले आफ्नो राष्ट्रिय खेलाडीको घोषणा गरेको छ । सोमबाट पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेको हो ।

फास्ट बलर वहाब रियाज र मोहम्मद आमिरलाई १५ सदस्यीय टोलीमा समावेश गरेको छ ।

टोलीमा पाकिस्तानले ४ परिवर्तनहरू गरेको छ। यसअघि १८ अप्रिलमा घोषणा गरिएको टोलीमा आमिर र रियाज दुबै अटाएका थिएनन्। आमिरलाई रिजर्व खेलाडीका रूपमा भने राखिएको थियो। पाकिस्तानले आबिद अलि र जुनैद खानलाई हटाउँदै यी दुईलाई टोलीमा ल्याएको हो।

यसैगरी गरि फहीम अशरफको स्थानमा रियाजलाई राखेको छ। टोलीमा यसैगरी आसिफ अलिलाई पनि समावेश गरिएको छ ।

उनलाई आबिद अलिको सट्टामा ल्याइएको हो। पाकिस्तान क्रिकेट बोर्डको खेलाडी चयन समितिका प्रमुख इन्जमाम उल हकले इङ्ल्याण्ड भ्रमणमा स्तरिय प्रदर्शन नगरेका कारण कलिङमा परिवर्तन गरिएको बताए ।

पाकिस्तानको टोलीः सरफराज अहमद (विकेटकिपर तथा कप्तान), आसिफ अलि, बाबर आजम, फकर जमां, हैरिस सोहेल, असन अलि, इमद वसीम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हफिज, मोहमद हसनैन, शादाब खान, शाहिन अफरिदी, शोयब मलिक तथा वहाब रियाज ।

शेयर गरौ

ताजा अपडेट