व्यवसायिक मौरीपालन आवश्यक – प्रमुख बराल

राप्ती १० माघ । राप्ती नगर प्रमुख प्रभा बरालले मौरीपालक किसानलाई ब्यवसायीक बनाउनुपर्न सुझाव दिनुभएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन चितवनले आयोजना गरेको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख बरालले मौरीपालक किसानहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाले यस क्षेत्रमा मौरीपालनको सम्भाब्यता राम्रो रहेको भएपनि मौरीमा व्यवसायिकरण तथा विशिष्टिकरण हुन नसकेको बताउनु भयो । नेपाली बजारमा महको बजार राम्रो रहेको र मौरीपालन व्यवसायलाई निर्भर बनाउन सरकारले यसक्षेत्रको विकासका लागि कार्ययोजना बनाउन आवश्यक रहेको भन्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल मौरीपालक सघका अध्यक्ष शिव प्रसाद पौडेलले मौरी जोन चितवनमा केहि विवाद रहेको भन्दै विवाद छिटो टुङगाउन आग्रह गर्नु भयो । मौरी जोन चितवनले आयोजना गरेको गोष्ठीमा केहि पक्षले बहिस्कार गरेको भन्दै अध्यक्ष पौडेलले बाहिर भएका किसानहरुलाई समेत समेटीसँगै मिलेर अघि बढन सुझाव दिनु भयो ।
गोष्ठीमा गुणस्तरीय मह उत्पादन र वजारिकरणका बारेमा राप्ती कृषि शाखा प्रमुख श्रिकृष्ण न्यौपाने, असल मौरीपान अभ्यासका बारे ठाकुर प्रसाद दवाडी, मेशनरी उपकरण सेवाका बारे ध्रुवतारा लामिछाने र रानी मौरी उत्पादनका बारे डा खेलराम न्यौपानेले योजना प्रस्तुत गर्नु भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख अधिकृत मेघनाथ तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

शेयर गरौ

ताजा अपडेट