आफैँले बनाइरहेको बम बिस्फोट हुँदा पर्वतमा दुई युवा गम्भीर घाइते

काठमाण्डौ, ६ जेठ :

पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेकाे बम बिस्फाेट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् ।

जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।

विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

घाइते दुबै युवाकाे प्रहरीकाे निगरानीमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

शेयर गरौ

ताजा अपडेट