पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोग विहिन

काठमाण्डौ, ६ जेठ :

नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएको छैन ।

डिजिटल कार्डको रुपमा लिइएको परिचयपत्र कुनै पनि प्रयोगमा आउन नसकेको हो । यो कार्ड पढ्ने मेसिन नभएकाले प्रयोगमा आउन नसकेको बताइएको छ । पाँचथरमा ५६ हजारले राष्ट्रिय परिचयपत्र पाएका छन् । गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले तामझामका साथ सदरमुकाम फिदिमबाट नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरणको सुरुआत गरेका थिए ।

गृहमन्त्री लगायतले राष्ट्रिय परिचयपत्रको उपयोगिताबारे चर्चा गरे पनि वितरण भएको पाँच महिनामा पनि प्रयोगमा आउन नसकेको हो । राष्ट्रिय परिचयपत्र सम्बन्धी कानुनले अझै पूर्णता पाएको छैन । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले डिजिटल कार्ड भएकाले यसमा सेवा थप्न बाँकी रहेको बताए ।

सेवाप्रदायक निकायमा कार्ड पढ्ने मेसिन राख्न आवश्यक रहेको उनको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट