समृद्धिको लागि ध्यान केन्द्रीत छ ः मेयर वन

रत्ननगर १० माघ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगर र नगरवासीको समृद्धिको लागि ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनु भएको छ ।
आज वडा नं ३ मा कर तथा राजश्व संकलन अभियानको उद्घाटन गर्दैै उहाले संकलित करबाट नगरवासीको जीवन स्तर उकास्ने र नगरलाई विकासको गतिमा अगाडि बढाउने काममा खर्च गरिने बताउनु भयो । हामी नगरको समृद्धिको लागि आएका हौं उहाले भन्नु भयो समृद्धिको अभियानमा हामी कहिल्यै नराम्रो गर्दैनौं । उहाले भस्टाचारमा शुन्य सहनशिलताको नीति अबलम्वन गरिएको बताउनु भयो । हामी आफुले पनि खादैनौं, नागरिकले तिरेको पैसा अरुलाई पनि खान दिदैनौं ।
आफु सधै नगरवासीको हितको लागि चिन्तित रहेको भन्दै उहाले आफ्नो नभइ नगरवासीको हितको पक्षमा काम गरेर उज्यालो दिने बताउनु भयो । मेयर वनले भने हुने खानेले कर तिर्ने र उनीहरुले तिरेको कर हुँदा खानेको जीवन स्तर उकास्न खर्च गर्ने हो । मेयर वनले आफुले तिरेको कर कहा र कसरी खर्च भइरहेको छ भन्ने जान्न पाउने अधिकार नगरवासीमा सुरक्षित रहेको बताउनु भयो ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले करको लक्ष्य भेटाउन वडा स्तरमा घरदैलो अभियान सुरु गरिएको बताउनु भयो । कार्यपालिका सदस्य तथा वडा सदस्य मीना गिरीको नेतृत्वमा वडा अध्यक्ष गोविन्द भट्टराई,वडा सदस्यहरु, सचिव सुरेन्द्र चौधरी,टोल विकास संस्थाका अध्यक्षहरुको टोलीले नयाँ घरदौलो गरेको छ ।

शेयर गरौ

ताजा अपडेट