म्यानचेस्टर सिटीद्धारा एफ ए कपको उपाधि हासिल, वार्टफोड ६–० ले पराजित

काठमाण्डौ, ५ जेठ :

म्यानचेस्टर सिटीले एफएकपको उपाधि जितेको छ ।

गए राति भएको खेलमा सिटीले वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन बनेको एकसातामानै अर्को उपाधि आफ्नो पक्षमा पार्यो । सिटीले एफए कपमा ११६ वर्षपछि सर्वाधिक फराकिलो जितको कीर्तिमान बनायो । १९०३ मा बुरीलाई डर्बिले ६–० ले पराजित गरेर उपाधि जितेयताको यो सर्वाधिक प्रभावसाली जित हो ।

रहिम स्टर्लिङले ह्याट्रिक गरेको एक पक्षिय खेलमा डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । एकै सिजनमा ३ उपाधि जित्ने सिटीको लागि यो पहिलो अवसर हो । एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो ।

डिसेम्बर पछि पहिलो पटक गोल गर्दै स्पेनिस स्टार डेभिड सिल्भाले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा स्टर्लिङले गोल गर्दा सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो । ब्रुयनेले ६१ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए । एकतर्फी खेलमा ६८ औं मिनेटमा जेससले गोल गरे । खेलको अन्त्यतिर स्टर्लिङले लगालग दुई गोल गरे ।

उनले ८१ औं र ८७ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरे ।

शेयर गरौ

ताजा अपडेट