चितवन, ४ जेठ :
पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
अरु ठाउँको मौसम भने सफा छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ । यस्तै अहिले सफा रहेको मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे उहाँले बताउनुभयाे । अरु ठाउँको मौसम भने सफा नै रहनेछ ।
पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताउनुभयो ।


