काठमाडौं ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
समायोजन गरी मूल्य घटाएपछि आगामी शनिबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सक्नेछन् । भारतीय आयल कर्पोरेसन (आइओसी)ले १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनु भयो ।


