केशव पौडेल
चितवन ३ जेठ । भरतपुरको तीन वटा सस्थाले वडा नं. १० को विभिन्न स्थानमा सरसफाइ गरेको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको पछाडि रहेको स्थानमा दुइ दिन शान्तिइन्द्रेणी टोल विकास संस्था, ओम शान्ति टोल विकास संस्था र मैया देवी कन्या कलेजको संयुक्त आयोजनामा सरसफाइ गरेको हो । भरतपुर महानगरपलिकाका प्रवक्ता तथा १० वडाका अध्यक्ष अरुणपीडित भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा अध्यक्ष भण्डारीले महानगर भित्र रहेका हरेक टोल र संघ संस्थालाई सफा गर्न सके मात्र भरतपुरलाई सुन्दर बनाउन सकिने बताउनु भयो । सरसफाइमा सबै टोलको सहयोग आवश्यक पर्ने उहाले बताउनु भयो ।
टोललाई नमुना सरसफाइ बनाउनको लागि अभियान चालिएको शान्ति इन्द्रेणी टोलका अध्यक्ष रेशमराज थापा(ऋषि)ले जानकारी दिनु भयो । सरसफाइमा नेपाली सेना, शशस्त्र प्रहरी, स्माइल नेपाल, दारी ग्याङ, सुनौलो समाज नेपाल, हेल्थ फर हेप्पीनेस, एमडब्लु आरआर, तथा विद्यार्थी नेत्री नेविसंघ चितवन जिल्ला उपाध्यक्ष बिनिता चापागाई सहभागी हुनु भएको थियो ।
कार्यक्रममा शान्तिइन्द्रेणी टोलका अध्यक्ष थापालेले भरतपुर महानगर को १० वडा लाई गुट्खा तथा सुर्ती मुक्त बनाउनु पर्नेमा जोड दिनु भयो । मैयादेवी कन्या कलेजका अध्यक्ष टंकप्रसाद पौडेलले कलेज हाता भित्र आजबाट प्लास्टिक प्रयोग नगर्ने घोषणा गर्नु भयो ।


