स्कूल अफ हेल्थ साइन्स भरतपुरको शिक्षालय प्रमुखमा मेहता

चितवन १० माघ । सीटीइभीटीको स्कूल अफ हेल्थ साइस भरतपुरमा रमणकुमार मेहता नियुक्त हुनु भएको छ ।
प्रविधिक शिक्षालयको केन्द्रीय कार्यालय सीटीभीइटी भक्तपुरले मेहतालाई नियुक्त गरेको हो ।

यस अगाडि उहा सोही शिक्षालयको उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । लामो समय उपप्रमुख हुनु भएका बरिष्ठ स्वास्थ्य प्रशिक्षक मेहतालाई केन्द्रीय कार्यालयले प्रमुखको जिम्मेवारी दिएको छ । निम्स युनिभरसिटीबाट मेडिकल माईक्रो बायोलोजी विषयमा सर्वाेत्कृष्ट हुनु भएका मेहता नेपाल विद्याभुषण ’ख’ बाट बिभुषित हुनुहन्छ । उहालाई तत्कालिन राष्ट्रपति रामवरण यादवले पुरस्कारबाट सम्मान गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट