मकवानपुर, २ जेठ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाडौं उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बस सेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिएका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा उनले भीमफेदी-काठमाडौं जोड्ने सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उनीहरु छिट्टै काठमाडौं आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताए ।
मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उनले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी गराए ।


