देवघाटको विकासका लागि ६ अर्ब आवश्यक, केन्द्रको ध्यान नपुग्दा विकासमा ढिलाइ

 

चितवन १ जेठ । देवघाट क्षेत्र विकासको गर्नको लागि ६ अर्बको बजेट आवश्यक रहेको आज जानकारी दिएको छ ।
देवघाट क्षेत्र विकास समितिले भरतपुरमा आज पत्रकार सम्मेलन गरी पवित्र धामको गुरु योजना अनुसार विकास गर्न ६ अर्व आवश्यक रहेको जानकारी दिएको हो । तर सरकारले वार्षिक ७५ लाख रुपैया दिदा योजना कुनैपनि पूरा हुन नसकेको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो ।
राज्यले अहिलेसम्म सरकारको नीति तथा कार्यक्रममा देवघाटलाई नसमेटेकोमा यस वर्षको कार्यक्रममा सम्बोधन भएकाले केही विकासको बजेट आउनेमा आशा रहेको जानकारी दिएको छ । देवघाटको गुरु योजना अनुसार विकास गर्नको लागि गण्डकी प्रदेशले एक अर्ब, प्रदेश ३ बाट एक अर्ब केन्द्र र स्थानीयबाट बाँकी रकम उपलव्ध भएमा योजना पूरा हुन सकिने उहाँको भनाइ छ ।
यहाँको विकासको लागि देवघाटको पहुच केन्द्रसंग नभएको कारण छिटो प्रगती गर्न नसकेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनु भयो । वि.सं. २०५० सालका गठन भएको देवघाट क्षेत्र विकास समितिको २१ वर्षे गुरु योजना २०६६ सालमा सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले स्वीकृती गरेको थियो । स्वीकृती गरे अनुसार केही काम भएपनि पूर्ण रुपमा काम हुन नसक्दा समस्या भएको छ ।
क्षेत्र विकास समितिले सुरक्षा, विकासका साना कामहरु भने गर्दै आएको छ । धार्मिक क्षेत्रका हिसाबले ज्यादै महत्वपूर्ण भएरपनि केन्द्र सरकारको ध्यान जान नसकेकोमा चिन्ता गरिएको छ । यहाँको विकासका लागि सबै क्षेत्रको सहयोग र साथको अपेक्षा गरिएको कार्यकारी निर्देशक घिमिरेले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट