चितवन १ जेठ । बालबालिकाले अध्ययन गर्न पाउने अधिकारको विषयमा सरकार गैर सरकारी दुवैको सहकार्यमा काम गर्न सकिनेमा जोड दिएको छ ।
युथ क्लब नारायणगढले वुधबार गरेको छलफल तथा अन्तरक्रियामा यस्तो विषयमा छलफल गरेको हो । बालबालिकाको शिक्षा र अधिकारको विषयमा काम गर्दै आएको युथ क्लब नारायणगढले ग्लोबल फेयरनेस इनिसियटिभ नेपालका कन्ट्री निर्देशन सुरेश पण्डितसंगको अन्तरक्रियामा बालअधिकारको विषयमा सबैको हातेमालो आवश्यक भएकोमा जोड दिएको थियो ।
कार्यक्रममा ग्लोवल फेयरनेस इनिसियटिभ जीएफआइका निर्देशक पण्डितले नेपालका विभिन्न स्थानका इटा उद्योगमा सस्थाले काम गरेकाले यसमा स्थानीय सहरकारको ध्यान जानु पर्ने बताउनु भयो । बालबालिकाले अध्ययन गर्न पाउने अधिकार, उनीहरुको सुरक्षाको विषय सबैभन्दा महत्वपूर्ण भएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष भगवानकुमार जोशी, उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव शालिग्राम नेपाल, कार्यकारी निर्देशक दयाराम कडेल, क्लवका कार्यक्रम सयोजक रामचन्द्र आचार्यलगायतले बालअधिकारको विषयमा वोल्नु भएको थियो । क्लबले जीएफआइको सहयोगमा चितवनका इटा उद्योगमा बाल शिक्षा र उद्योगको इटाको गुणस्तरको विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


