एएफसी कपमा नेपाली लिग च्याम्पियन मनाङले मिर्नेभा पन्जावविरुद्ध प्रतिष्पर्धा गर्दै

काठमाण्डौ, १ जेठ :

एएफसी कपमा नेपाली लिग च्याम्पियन मनाङले मिर्नेभा पन्जावविरुद्ध प्रतिष्पर्धा गर्दै छ ।

सुरुवाती ३ खेलमा पराजित भएकाे मनाङ पहिलो जितको खोजिमा मैदान उत्रन लागेको हो । यसअघि पन्जावविरुद्धको खेलमा बराबरी गरेको मनाङ घरेलु मैदानमा भने शतप्रतिशत नतिजाको खोजिमा हुने छ ।

मनाङले बुधबार अपरान्ह ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आफ्नो चौंथो खेल खेल्दै छ। खेलअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले जित्नका लागि मैदान उत्रने बताइसकेका छन् ।

उनले यसअघि भएका गल्ती नदोहोराएमा जित निकाल्ने विश्वास ब्यक्त गरे। उनले टिममा केहि हेरफेर हुने संकेत गर्दै मनाङ पहिलो जितका लागि संघर्ष गर्ने बताए।

शेयर गरौ

ताजा अपडेट