कांग्रेस संसदीय दलको बैठकमा मिडिया काउन्सिल विधेयकबारे ठोस धारणा सार्वजनिक गर्ने

काठमाण्डौ, १ जेठ :

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे छलफल गर्न संसदीय दलको बैठक सुरु भएको छ ।

काठमाडौंको सिंहदरवारस्थित कांग्रेस संसदीय दल कार्यालयमा सुरु भएको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको छ ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदले बहुमतले पारित गरिसकेको छ भने बजेट पूर्वको छलफल समेत सकिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको र जनअपेक्षा अनुसार नआएको भन्दै प्रतिपक्षी कांग्रेसले विरोध जनाउँदै आएको छ ।

सचेतक पुष्पा भुषालका अनुसार, सोही विषयमा पार्टीको धारणा तय गर्न संसदीय दलको बैठक बोलाईएको हो ।

मुलुकको समसामायीक विषय तथा विभिन्न समितिमा रहेको विवादित विधयेकको विषयमा समेत बैठकमा छलफल हुने सचेतक भूषालले बताउनुभयो  । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयीक राजनीति र विभिन्न विधेयकहरुबारे काँग्रेसको ठोस धारणा तय गर्न बैठक बोलाइएको जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट