काठमाडौं, २९ वैशाख :
पाकिस्तानको एक पाँच तारे होटल बन्दुकधारीले कब्जामा लिएका छन ।
पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको पाँच तारे होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले हमला गरेर कब्जामा लिएका हुन ।
तीन बन्दुकधारीले होटलमा शनिबार साँझ हमला गरेका थिए । उनीहरूको कब्जाबाट होटललाई मुक्त गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । ती बन्दुकधारीले त्यस्तो बेला उक्त होटलमा कब्जा गरेका हुन् जतिबेला कोही पनि ग्राहक त्यहाँ थिएनन् र होटलका स्टाफ पनि कमै मात्र उपस्थित थिए।
हमलाको जिम्मा विखण्डनकारी संगठन बलोचिस्तान लिबरेशन आर्मीले लिएको छ ।
उक्त संगठनका प्रवक्ता जुनैद बलोचले वैदेशिक लगानीलाई निशाना बनाउने नीति अनुसार उक्त हमला गरिएको हो । अझै पनि केही कर्मचारी उनीहरूको नियन्त्रणमा भएको आशंका गरिएको छ । तर, सुरक्षाकर्मीले भने होटलको ९५ प्रतिशत भाग बन्दुकधारीको नियन्त्रणबाट मुक्त गरिएको छ ।
बन्दुकधारीले स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५० मिनेटमा होटलमा महला गरेका थिए ।
गत साता मात्रै १४ जनाको ज्यान लिनेगरी हमला भएको थियो । उक्त महलामा ज्यान गुमाउने मध्ये ११ जना सुरक्षाकर्मी थिए ।


