क्रसर उद्योग सञ्चालनमा आफ्नो नाम जोडेको भन्दै कालिका नगर प्रमुखको आपत्ती

चितवन २८ बैशाख । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आज प्रेस विज्ञप्ति प्रकाशित गरी क्रसर उद्योगमा आफ्नो नाम जोडेर भ्रामक समाचार आएको भन्दै आपत्ती जनाउनु भएको छ ।
नगरपालिकाको वडा नं. ८ मा स्थापना हुन लागेको क्रसर उद्योगमा प्रमुख श्रेष्ठ र वडा अध्यक्षको संलग्नता भएको भन्दै केही सञ्चार माध्यममा आएको समाचार प्रति आपत्ती जनाउदै झुटा समाचार आएको भन्दै विज्ञप्ति प्रकासित गरी जानकारी गराउनु भएको हो । सत्यतथ्य नबुझी हचुवाको भरमा मानमर्दन हुने गरी लेखिएको समाचार प्रति आपत्ती जनाउनु भएको हो ।
खानेपानी मुहान सुक्ने गरी स्थापना गर्न लागेको क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको भन्दै उद्योग स्थापना, दर्ता र सञ्चालनको इजाजत दिने कार्य नगरपालिकाको क्षेत्राधिकार भित्र नरहेको भन्दै भ्रममा नपर्न विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट