देवघाट क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने

चितवन २८ बैशाख । चोरीको घटना वढेपछि देवघाट क्षेत्र विकास समितिले आफ्नो क्षेत्र भित्र सुरक्षा व्यवस्था कडा गर्ने भएको छ ।
तीन वटा जिल्लाका सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि र क्षेत्र विकास समितिका पदाधिकार सदस्यहरु सहितको बैठकले यस्तो निर्णय गरेको हो । देवघाट धाम क्षेत्रमा स्थानीय तथा सर्व साधारणका सामग्री चोरी भएको घटना आएपछि सुरक्षा व्यवस्था कडा पार्न वैठकले सम्भावित क्षेत्रहरु तोकेको छ ।
देवघाटको झोलुङले पुल, वेणी, वसपार्क लगायतको स्थानमा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । दिउसो र रातिको समयमा पनि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनु भयो ।
धार्मिक क्षेत्र सबैको हो यहाँको सुरक्षा व्यवस्थालाई हामीले विशेष ध्यान दिएका छौ उहाले भन्नु भयो सम्भावित स्थानमा विशेष सुरक्षा व्यवस्था गर्ने छौ । वैठकमा देवघाट गाउपालिकाका जनप्रतिनिधि भरतपुर महानगरपालिका वडा नंं २९का अध्यक्ष मानवहादुर राना, नवलपरासीका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि सबैको चासो भएको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो ।
विशेष गरेर चाडपर्वलाई ध्यान दिदै आएकोमा अव अन्य समयमा पनि सुरक्षा व्यवस्था बलियो वनाउने भएको हो ।

शेयर गरौ

ताजा अपडेट