पत्रकार महिलाको राष्ट्रिय सम्मेलन चितवनमा हुने , उद्घाटन प्रचण्डले गर्ने

चितवन, १० माघ ।
नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनको पटिहानीमा हुने भएको छ ।
सम्मेलनमा देशभरवाट झण्डै तिन सय जना पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएको महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । भेलाको पूर्वप्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
भेलामा देशभरका पत्रकार महिलाको बर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो । भेलाले पत्रकारितामा महिलाहरुको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मार्गनिर्देश गर्ने महासंघको विश्वास रहेकाे महासङ्घ केन्द्रीय सदस्य सृजना अर्यालले बताउनुभयाे ।
जिल्ला शाखा चितवनले भेलाको व्यवस्थापनको तयारी तीव्र पारेको छ । भेलालाई सफल पार्न कार्यसमितिमा जिम्वेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
यसैविच सम्मेलनलाई सभ्य र व्यबस्थित तुल्याउन महासंघ चितवनले जिल्ला स्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रह समेत गरेको छ । भेलामा सहभागीहरुले सम्मेलनमा सक्रियता पूर्वक सहयोग र सहभागीता जनाउने बताएका थिए ।
सम्मेलनलाई ब्यवस्थित वनाउन जिल्ला कार्यसमितिमा निम्न बमोजिम जिम्मेवारी दिइएको छ ।
१) अतिथी स्वागत सत्कार व्यवस्थपान समितिः उपाध्यक्ष, नारायण प्रसाद अधिकारी
२) सचिवालय व्यवस्थापन समितिः उपाध्यक्ष, शान्ता अधिकारी
३) आवास व्यवस्थापन समितिः सचिव, तीर्थ नेपाल
४) आर्थीक व्यवस्थापन समितिः कोषध्यक्ष,प्रकाशमणि ज्ञवाली
५) झाँकी तथा कला व्यवस्थापन समितिः सहसचिव सन्तकुमार चौधरी
६) भोजन व्यवस्थापन समितिः सहसचिव, प्रविण दत्त
७) मञ्च व्यवस्थापन सजावट व्यवस्थापन समितिः सदस्य प्रमिता ढकाल
८) स्वयंसेवक व्यवस्थापन समितिः सदस्य,राजु थापा
९) यतायात व्यवस्थापन समितिः सदस्य प्रकास सिग्देल
१०) अवलोकन व्यवस्थापन समितिः सदस्य,आनन्द पोखरेल
११) दर्ता उपस्थिती व्यवस्थापन समितिः सदस्य राजु सापकोटा
१२) वितरण सामाग्री व्यवस्थापनः सदस्य,अमिर रामदाम
१३) प्रविधिक व्यवस्थापन समितिः सदस्य,ववीलाल तमागं
१४) प्रथामिक उपचार व्यवस्थापन समितिः सदस्य,उर्गेन तामागं
१५) साउण्ड सिस्टम व्यवस्थापन समितिः सदस्य,प्रस्ताव सुवेदी
१६) अभिलेख व्यवस्थापन समितिः सदस्य रीता भगत

ताजा अपडेट