युरोपा लिगको उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

काठमाडौं, २७ वैशाख :

युरोपा लिग फुटबलको उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने भएका छन् ।

सेमिफाईनलको दोस्रो लेगमा ईन्ट्रायच फ्रायांन्क फर्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि यात्रा तय गरेको हो । सेमिफाइनलको पहिलो र दोस्रो दुबै लेगमा एक एकको बराबरी हुँदै समग्र नतिजा २–२ भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिईएको हो ।

पेनाल्टीमा चेल्सीका गोलरक्षक केपा एरिजा वालागाले २ प्रहार सेभ गरेपछि उसको फाईनल यात्रा निश्चित भएको हो । ईडेन हाजार्डले चौंथो प्रहारलाई जाली चुमाउँदै टोलीको उपाधि यात्रा तय गरेका थिए ।

गएराति नै आर्सनलले भ्यालेन्सीयालाई ४–२ गोल अन्तरले हराउँदै समग्रमा ७–३ को नतिजा हात पार्यो । पेरिक एमेरिक आबुमियाङको ह्याट्रिकसँगै अलेक्जेण्डर लाकाजेटको एक गोल गरेपछि आर्सनलले दोस्रो लेगमा पनि शानदार जित हात पार्यो । १७ औं मिनेटमा पहिलो गोल गरेका आबुमियाङले ६९ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

भ्यालेन्सीयाका लागि केभिन गेमिरोले २ गोल गरेपनि थप गोल गर्न नसक्दा उसको यात्रा सेमिफाइनलमै सीमित बन्यो । चेल्सी र आर्सनल बीचको उपाधि भिडन्त मे २९ मा हुनेछ ।

शेयर गरौ

ताजा अपडेट