चितवन २६ बैशाख । चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबारदेखि सुरु भएको छ ।
रत्ननगर नगरपालिकाले स्थानीय सरकार गठनपछि पहिलो पटक तीन दिने प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश साँसद कृष्णप्रसाद खनालले खेल बहु आयामिक रहेको औल्याउनु भयो । खेलकुदले अनुशासनमा बस्न सिकाउनुका साथै शत्रुतालाई मित्रतामा बदल्ने,वौद्धिक मानसिक विकासमा टेवा पु¥याउने बताउनु भयो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माणसंगै नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गरिरहेको बताउनु भयो । उहाले रत्ननगरलाई खेलको नगरको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो । उपमेयर विमला दुवाडीले खेलकुलले मानिसलाई निरोगी मात्र नभई अनुसासित बनाउने बताउनु भयो । मेयर वनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा, रत्ननगर १० का वडाध्यक्ष एवंम् नगर खेलकुद विकास समिति संयोजक केशव आचार्य, प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राख्नु भयो ।
प्रतियोगिताको पहिलो दिन छात्र छात्रा १ हजार ५ सय मिटर दुरीको दौड भएको छ । छात्र तर्फ १५ सय मिटर दौडमा द्धारिकादास माध्यमिक विद्यालयका गौतम काप्री प्रथम, पञ्चकन्या माध्यमिक विद्यालयका मिलन चेपाङ द्धितिय र पिस भिजन आवासीय माविका रोहन कुँवर तृतिय भएका छन् । त्यस्तै छात्रा १५ सय मिटर दौडमा झुवानी माविकी कृपा नेपाली प्रथम हुँदा जनजागृती माविकी साक्षी प्रधान द्धितिय र पञ्चकन्या माविकी चन्द्रमती राई तृतिय भएकी नगर खेलकुद विकास समिति संयोजक केशव आचार्यले जानकारी दिनु भयो ।


